एकैसाथ १२ जनामा संक्रमण देखिएपछि उदयपुरको भुल्केमा स्वाव संकलन तिव्र पारिदै

७ बैशाख ७७, सोमबार

७ वैशाख, उदयपुर ।
कोरोना भाइरसका संक्रमित देखिएपछि प्रदेश १ को उदयपुरको भुल्केमा आइतबार १ सय ५३ जनाको परीक्षणपछि स्वाव संकलन गरिएको छ।

गत शुक्रबार १२ जनामा कोरोना पोजिटिभ देखिएपछि त्यहाँ रहेका स्थानीय मुस्लिम समुदायलगायत १५३ जनाको त्रियुगा नगरपालिकाले स्वाब संकलन गरेको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए। उदयपुरमा कोरोनाले कब्जा जमाएपछि हामीले सतर्कता अपनाएका छौं, उनले भने।

शंकास्पदहरुको लगातार र्‍यापिड टेस्ट र स्वाव संकलन कार्य गरिरहेका छौँ भने कसैलाई पनि बाहिर निस्किन दिएका छैनौँ।’ नगरप्रमुख चौधरीका अुनसार संघीय राजधानी काठमाडौंस्थित छाउनीबाट आएका सेनाको चिकित्सकहरुले उनीहरुको स्वाब संकलन गरेको हो।

Advertisement

यस्तै उनले शनिबार ७० जनाको र्‍यापिड टेष्ट र स्वाब संकलन गरिएको, आइतबार १५३ जना र सोमबार १०३ जनाको र्‍यापिड टेष्टसँगै स्वाब संकलन गरिने बताए। शुक्रबार उदयपुरमा १२ जनालाई कोरोना भाइरस देखिएपछि उनीहरुलाई विराटनगर पठाइएको छ।

कोरोना पुष्टि भएकाहरुमध्‍ये केही भारतीय मुस्लिम भएको र उनीहरु आफन्तकोमा उदयपुरको भुल्के आएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top