×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

रोकियो जोखिमपूर्ण पैदलयात्रा : सहज रुपमा गन्तव्य कोरिँदै

७ बैशाख २०७७

७ बैशाख, काठमाडौँ । 

 लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरु भारी र पोकापुन्तुराका साथ लामो दूरीको जोखिमपूर्ण र अनिश्चित यात्रामा निस्किएका भेटिन्थे । उनीहरुको खाने, बस्नेको ठेगान थिएन । पाए खाने नपाए भोकै जाने निधो गरेर नागरिकले उपत्यका छाड्दै पैदल यात्रा तय गरेका हुन्थ्ये । पूर्वी जिल्लाबाट उपत्यका हुँदै पश्चिम जिल्ला पुग्न हतारिनेहरु पनि भेटिएका थिए ।

Advertisement
Advertisement

सरकारले गरीब तथा विपन्न मजदूर, जो छाक टार्न सकिरहेका छैनन्, उनीहरुलाई उचित राहतको व्यवस्था गरे पनि पैदलै घर जाने जमात बढेको थियो तर यो क्रम भने अहिले रोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैदल हिँडेका सर्वसाधारणलाई गन्तव्यमा पठाउन, जहाँ रहेका छन्, उनीहरुलाई त्यहीँ व्यवस्थापन गर्न र लकडाउनलाई चुस्त पार्न निर्देशन दिएसँगै यसरी जोखिम मोलेर पैदल हिँड्ने क्रम ठप्प भएको हो ।

हालै मात्र सर्वोच्च अदालतले पनि त्यस्ता मानिसलाई सुरक्षित गन्तव्यमा पठाउन आदेश जारी गरेको थियो । त्यसलगत्तै सडक मार्गमा हुने मानिसको लस्कर ठप्प हुन पुगेको हो । केही छिटफुट भेटिएकालाई गाडीको व्यवस्थापन गरेर पठाइन थालिएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल हिँडेर गन्तव्यमा जान खोज्ने क्रम पूर्णरुपमा निषेध गरिएको बताउँछन् । बाटोमा पैदलै हिँड्न अवस्था नरहेको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक पोखरेलले भने, ‘सुरक्षा निकायले पूर्णरुपमा हिँड्न रोकेको छ, कुनै असुविधा भए सम्पर्क गर्नुहोस्, प्रहरीले आवश्यक समन्वय गर्नेछ ।’

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सरकारले गत चैत ११ गतेबाट बन्दाबन्दी (लकडाउन) को आदेश जारी गरेको थियो । यही वैशाख १५ गतेसम्म अझै लकडाउन जारी रहनेछ । लामो लकडाउनका कारण पेशा अपनाउन नसकेका नागरिककका लागि प्रहरी, स्थानीय तह र आम समुदाय खटिएका छन् । बीच बाटोमा पुगेकालाई पनि सम्बन्धित प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको समन्वयमा गन्तव्यतर्फ पठाउन थालिएको छ ।

काठमाडौँबाट पूर्वी जिल्लामा जाने मुख्य नाका काभ्रेपलाञ्चोक जिल्लाका प्रजिअ श्रवणकुमार तिमिल्सिना भन्छन्, ‘पहिलेको जस्तो मानिसको लर्को छैन, सकेसम्म आउनै नदिन उपत्यकामा समन्वय गरिरहेका छौँ, केही आइपुगिहाले जिल्लामा आवश्यक समन्वय गरी गाडी खोजेर पठाउने गरिएको छ ।’ उनका अनुसार आएकालाई स्थानीय तहसँग समन्वय गरेर खाना, खाजाको व्यवस्थापन गरिएको छ ।

केही अघिसम्म मध्यक्षेत्र र पश्चिम जाने यात्रुको त्यस्तै लर्को नागढुङ्गा नाकाबाट थियो । तर अहिले उक्त नाकामा समेत पैदल यात्रा रोकिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ नागढुङ्गाबाट पैदल आवतजावत रोकिएको बताउँछन् । केही आएका मानिसलाई त्रिभुवन पार्कमा राखिएको छ । अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि खटिएका छन् ।

प्रतिनिधिसभा सदस्य अञ्जना विसङ्खे नागढुङ्गामा रहेका नागरिकलाई उचित बसोबासको व्यवस्थापनसँगै गन्तव्यमा पु¥याउन आफैँ खटिएकी छिन् । उनले भनिन्, ‘हिजो बेलुकासम्म थोरै मान्छे नागढुङ्गामा थिए, नजीक भएका मान्छे आएर रातारात थपिएको पाइयो, उनीहरुले बसपार्क जस्तै सोचे, त्यसैले उनीहरुको व्यवस्थापनमा जुटेका हौँ ।’

यहाँ आज बिहान २५० जनालाई खाना खुवाइएको छ । घर जान पाइने आसमा नजीक बसेकाहरु पनि ह्वात्तै आएको पाइयो उनीहरुलाई फर्काएर यही व्यवस्थापन गरिने र जो टाढाबाट आएका छन् उनीहरुलाई गाडीको व्यवस्था गरेर पठाउने तयारी गरिएको छ । यसमा पार्टी प्रतिनिधि नै खटिएको उनले बताइन् ।

सांसद विसङ्खेले थपिन्, ‘म आग्रह गर्न चाहन्छु, स्थानीय सरकार, प्रदेश सरकार र गृह मन्त्रालयलाई यसरी हिँड्न दिनु भएन, उनीहरुलाई जिल्लामा व्यवस्थापन गर्नुपर्नेमा लकडाउनका बेला मानिस कसरी यति टाढाबाट आए, प्रहरी प्रशासनको पनि ध्यान जानुप¥यो ।’ उनले करीब १०० जनालाई गन्तव्यमा पठाउनुपर्ने देखिएकाले छनोट गर्ने काम जारी रहेको बताइन् ।

Advertisement

विभिन्न जिल्लामा पुगेका र अलपत्र परेका सर्वसाधारणलाई गन्तव्यमा पु¥याउन स्थानीय तह, प्रशासन, प्रहरी र समुदायको सक्रियता जारी छ । सडकमा पुगेकालाई एक चरण गन्तव्यमा पठाइसकेपछि भने सडकमा मानिस देखिने छैनन् । नेपाल प्रहरीले नाकाहरुमा समेत उच्च निगरानी गरेर मानिसलाई आवतजावतमा कडाइ गरेको जनाएको छ ।–नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top