सगरमाथा इन्सुरेन्सले पनि ल्यायो १ हजारमै कोरोना बीमा

८ बैशाख ७७, मंगलबार

८ बैशाख, काठमाडौँ ।
नेपालसहित विश्व यतिबेला कोरोना भाईरस(कोभिड–१९) को महामारीसँग लडिरहेको छ । समयमै रोक्न नसकेको खण्डमा कोरोना भाईरसले नेपालमा पनि धेरै क्षतिहुने अनुमान गरिएको छ । यसैबीच बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमालेख औपचारिक रुपमा जारी गरेपछि नेपालमा कोरोना भाईरसबाट हुनसक्ने आर्थिक क्षति कम गर्न सगरमाथा इन्सुरेन्स प्रा.लिले ‘कोरोना भाईरस बीमालेख’ सञ्चालनमा ल्याएको छ ।  आइतबार बीमाको उद्घाटन गर्दे बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईँले सगरमाथा इन्सुरेन्समार्फत २ जनाको कोरोना बीमा गरेका थिए ।

बीमा गराएका ब्यक्तिलाई कोरोना भाईरसको संक्रमण भएको खण्डमा बीमांक रकम बराबरको रकम प्रदान गर्ने गरी प्रतिव्यक्ति ५० हजार र १ लाखको बीमा सुविधा ल्याएको हो । १२ महिना अवधि रहेको यस बीमा योजनामा ३ वर्षदेखि ९९ वर्षसम्मका व्यक्तिहरु सहभागीहुन सक्ने सगरमाथा इन्सुरेन्सले जनाएको छ ।

बीमा दाबी गर्नका लागि पीसीआर टेस्ट गर्दा पोजेटिभ पुष्टि भएको हुनुपर्नेछ भने बीमा दाबी गर्न बीमालेख जारी भएको १५ दिन पुरा भएको हुनुपर्नेछ । १ लाखको बीमा गर्दा एकल ब्यक्ति बीमा शुल्क दर एक हजार र ५० हजारको बीमागर्दा ५सय रुपैँया लाग्ने सगरमाथा इन्सुरेन्सले जनाएको छ । त्यस्तै परिवारको बीमागर्दा १ लाखको बीमामा प्रतिव्यक्ति ६सय र ५० हजारको बीमामा ३ सय शुल्कलाग्ने जनाईएको छ ।

Advertisement

बिमा गर्नका लागि नजिकैको शाखा कार्यालय, बिमाअभिकर्ता, बजार विभागकाकर्मचारी तथा प्रधान कार्यालयमा सम्पर्क गर्न सकिने तथा बिमाजारी गर्न कम्पनीको वेभसाईट sagarmathainsurance.com.np वा एपमार्फत नजिकको शाखामा सम्पर्क गर्न समेत सकिने सगरमाथा इन्सुरेन्सले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top