×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नेपाली सेनाद्वारा स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा

९ बैशाख २०७७

९ वैशाख, काठमाडौँ । नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ ।

सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरेपनि चीनबाट स्वास्थ्य सामग्री र औषधि काठमाडौं आइपुग्न भने अझै दुई साता लाग्ने भएको छ । मन्त्रिपरिषद् बैठकले चैत १६ मा सेनालाई जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री र औषधि खरिद गरेर ल्याउन जिम्मा दिने निर्णय गरेको थियो । सोहीअनुसार सेनाले करिब तीन साता लगाएर खरिदको सम्पूर्ण आन्तरिक काम पूरा गरिसकेको छ ।

Advertisement
Advertisement

सेनाले औषधि खरिदका लागि विदेशी कम्पनीहरूसँग ती मुलुकमा रहेका नेपालका सैनिक सहचारीमार्फत हस्ताक्षर गरिसकेको छ । सेनालाई सरकारबाट आइतबारै औषधि तथा स्वास्थ्य सामग्रीका लागि आवश्यक रकम पनि प्राप्त भइसकेको छ । सेनाले स्वास्थ्य सामग्री र औषधि गरेर पहिलो चरणमा १ सय २० थरी सामग्री ल्याउन लागेको हो । भारतबाट ५३ थरी औषधि, चीनबाट स्वास्थ्य सामग्री र औषधि गरी ६७ थरी ल्याउन लागिएको हो ।

भारतमा ल्याउन लागिएको औषधि एक साताभित्र नेपाल आइपुग्नेछ । भारतले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ र त्यहाँबाट नेपालले हवाई जहाज वा गाडीमा ल्याउनेछ । केमा ढुवानी गर्ने भन्ने सम्बन्धमा निर्णय भइसकेको छैन ।

अर्कोतर्फ चीनबाट सामग्री केमा ल्याउने भन्ने टुंगो लागिसकेको छैन । सोमबारको सात दिनभित्रमा चीनको गोन्जाउमा सम्पूर्ण सामग्री जम्मा गरिसक्ने सम्बन्धित कम्पनीहरूले सेनालाई वाचा गरेका छन् । चिनियाँ कम्पनीहरुले अन्य मुलुकलाई पनि सामग्री दिनुपर्ने कारणले गर्दा केही समय लाग्ने भएको हो ।

चीनबाट ल्याउने सामग्रीको तौल ३ सय ४० टनभन्दा बढी हुनेछ । हवाई जहाजमा पनि सामग्री ल्याउन धेरैपटक ओहोरदोहोर गर्नुपर्ने हुन्छ । नेपालमा उपलब्ध जहाजले एकपटकमा १५ देखि २० टन सामग्री ल्याउन सक्छन् । त्यहीअनुसार हुने हो भने दुई दर्जनभन्दा बढीपटक जहाज गएर सामग्री ल्याउनुपर्ने हुन्छ । हवाई जहाजबाट सामग्री ल्याउन नमिले वा उपयुक्त नदेखिए सेनाले स्वास्थ्य सामग्री र औषधि गोन्जाउबाट सडकको बाटो हुँदै तातोपानी नाकाबाट ल्याउने योजना बनाएको छ ।

गोन्जाउबाट गाडीमा तातोपानी नाकासम्म सामग्री ल्याउन सात दिन लाग्छ । र, तातोपानी नाकामा आएपछि भन्सारको काम पूरा गर्न थप दुई दिन लाग्ने सेनाले जनाएको छ । ‘विभिन्न मुलुकमा चीनबाट गएका सामग्रीहरुबाट प्रश्न उठ्न थालेपछि केन्द्रीय सरकारले आफ्नो मुलुकबाट जाने सम्पूर्ण सामग्रीलाई भन्सारमा विस्तृत रूपमा परीक्षण गर्नेछ, त्यसैले दुई दिन लाग्छ,’ सैनिक स्रोतले भन्यो । यसरी हेर्दा पनि सेनाले काठमाडौंमा सामग्री ल्याउन कम्तीमा अझै दुई साता लाग्ने देखिन्छ ।

Advertisement

कोरोना भाइरसलाई मध्यनजर राखेर स्थापना गरिएको कोभिड–१९ विपत् व्यवस्थापन केन्द्रले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि ३ सय ९६ स्वास्थ्य सामग्री र औषधि आवश्यक परेको औंल्याएको थियो । त्यसमध्ये सेनाले पहिलो चरणमा १ सय २० स्वास्थ्य सामग्री र औषधि ल्याउन लागेको हो । ईकान्तिपुरबाट साभार ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top