९ वैशाख, विराटनगर ।
उदयपुरको भुल्के क्षेत्रमा एकै दिन थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले एक जनामा संक्रमण देखिएको पुष्टि गरे पनि मंगलबार अबेर अन्य १० जनाको संक्रमण पुष्टि गरेको हो। उनीहरु सबैलाई आइसोलेसनमा राख्न विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको छ।