भारतमा दुई दिन र्‍यापिड टेस्टिङ किटको प्रयोग नगरिने

९ बैशाख ७७, बुधबार

१० वैशाख, एजेन्सी ।
भारतमा दुई दिनका लागि र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकिने भएको छ ।

ऱ्यापिड टेस्टिङ किट (द्रुत परीक्षण किट) को विश्वसनीयतामाथि प्रश्न उठिरहेका बेला इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले दुई दिनका लागि ऱ्यापिड टेस्टिङ किटको प्रयोग नगर्न सबै राज्यहरुलाई निर्देशन दिएको हो ।

केही ठाउँमा ऱ्यापिड टेस्टिङ किटबाट गरिएको परीक्षणको नतिजा सही नदेखिएको र धेरै गुनासो आएपछि आईसीएमआरले दुई दिनका लागि किटको प्रयोग नगर्न भनेको हो। आईसीएमआरका अनुसार ती किटको पुनः परीक्षण हुने र त्यसमा कुनै खराबी नदेखिए मात्रै दुई दिनपछि प्रयोगको अनुमति दिइनेछ

Advertisement

आईसीएमआरका प्रवक्ता डा. आरआर गंगाखेडरका अनुसार परीक्षणमा खराबी देखिए निर्माताबाट नयाँ किट मगाइनेछ। मंगलबार राजस्थान सरकारले किटमा खराबी देखिएको गुनासो गरेको थियो।

मंगलबारसम्मको तथ्यांकअनुसार भारतले ४ लाख ४७ हजार ८ सय १२ जनाबाट संकलन गरिएको ४ लाख ६२ हजार ६ सय २१ नमुना परीक्षण गरिसकेको छ। जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार एक सय ११ पुगेको छ।

Advertisement

त्यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ भने ३ हजार ९ सय ७५ जना निको भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top