सफलतापूर्वक पहिलो सैन्य सेटेलाइट प्रक्षेपण गरेको इरानको घोषणा

११ वैशाख, एजेन्सी । इरानले बुधबार सफलतापूर्वक मुलुकको पहिलो सैन्य सेटेलाइट(नुर) प्रक्षेपण गरेको जनाएको छ ।
इरानको यो कदमले अमेरिका र तेहरानबीच आणविक र मिसाइल कार्यक्रमका कारण पहिलेदेखि नै रहँदै आएको तनाव थप बढाउने अनुमान गरिएको छ ।

इरानको रेभोल्यूसनरी गार्डस् कर्पसले सेटेलाइटले पृथ्वीको सतहबाट ४ सय २५ किलोमिटरमाथि परिक्रमा गरिरहेको जनाएको छ । पेन्टागनले ’नुर’ पृथ्वीको कक्षमा भएको र काम गरिरहेको छ वा छैन भन्ने बारेमा पुष्टि गर्न अस्वीकार गरेको छ । उसले यस्तो गर्न धेरै समय लाग्ने बताएको छ । यद्यपी अमेरिकी विदेश मन्त्री माइक पोम्पेले सेटेलाइट प्रक्षेपणको विरोध गरेका छन्।

पटकपटकका प्रक्षेपण प्रयासहरू असफल हुँदै आइरहेको सन्दर्भमा अन्तरिक्षको सतहमा ’नुर’ पुग्नुलाई इरानी सैन्यको लागि ठूलो सफलताका रुपमा हेरिएको छ।

Advertisement

अमेरिकी सेनाले सेटेलाइटलाई अन्तरिक्षमा राख्न प्रयोग गरिएको लामो दुरीको ब्यालेस्टिक प्रविधिले तेहरानलाई लामो दुरीका हतियारसमेत प्रहार गर्ने क्षमता दिने बताएको छ । उसले यो प्रविधिको सहयोगमा इरानले कुनै पनि दिन आणविक मिसाइलहरू पनि प्रयोग गर्नसक्ने खतरा औंल्याएको छ ।

तेहरानले भने ब्यालेस्टिक मिसाइल विकाश कार्यक्रम ढाकक्षेप गर्न यस्ता कार्यक्रम बनाएको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गरेको छ।
उसले आणविक हतियार कार्यक्रम अगाडि नबढाइएको पनि स्पष्ट पारेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top