आज मातातीर्थ औंसी, लकडाउनका कारण मातातीर्थ मेला स्थगित

११ वैशाख, काठमाडौं । वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।

छोराछोरीले आज बिहानै उठी आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्दछन् ।

यद्यपि लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् । यस्तै आमाको मुख हेर्ने औँसी समेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनका कारण स्थगित गरिएको छ ।

Advertisement

यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको छ ।  घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवङ्गत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top