×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था निकै कमजोर, सूचकांकमा गतवर्षभन्दा ६ स्थान तल खस्कियो

११ बैशाख २०७७

११ बैशाख, काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको एक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको हो ।

विश्व प्रेस स्वतन्त्रता सूचकांकमा गत वर्ष १०६ औं स्थानमा रहेको नेपाल आफ्नो स्थान खस्काउँदै यस वर्षको प्रतिवेदनमा ११२ औं स्थानमा पुगेको हो । विश्वभरका १८० देशमा गरिएको अनुगमनमा नेपाल ११२ औं स्थानमा रहेको हो ।

Advertisement
Advertisement

विश्व प्रेस स्वतंत्रता सूचकांक २०२०ः कोरोना भाइरसका कारण सृजित समस्यामा पत्रकारिताका लागि एक निर्णायक दशकमा प्रवेश शिर्षकमा निकालिएको प्रतिवेदनमा नेपालको अवस्था झन् झन् खस्किएको देखिएको हो ।

विपक्षमा रहँदा नेपाली प्रेसको प्रशंसा गर्ने प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएलगत्तै संसदबाट निकै कठोर कानून पारित गर्न खोजेको प्रतिवेदनमा उल्लेख छ ।

खोजी पत्रकारिताका लागि अवरोध गर्ने खालको नयाँ अपराधसंहिता लागू गरिएको भन्दै रिपोर्टर्स विथाउट बोर्डर्सले सरकारले तोकेको मानिसलाई सिधै नियुक्ति दिने प्रावधानसहितको प्रेस काउन्सिल ऐन बनाउन खोजेको पनि जनाएको छ ।

सरकारका मन्त्री र अधिकारीहरु सञ्चारमाध्यमको विरोधमा लागेको भन्दै प्रतिवेदनमा सरकारी नियन्त्रणमा रहेका पत्रिका, रेडियो र टिभी च्यानलको प्रयोग हुन थालेको पनि उल्लेख गरेको छ ।

विभिन्न धम्की, हिंसालगायतका कारण स्वतन्त्र रुपमा पत्रकारिता गर्नेहरुका लागि नेपालको वातावरण कठिन हुँदै गएको पनि जनाइएको छ ।
दक्षिण एशियामा भारत १४२, पाकिस्तान १४५, बंगलादेश १५१ रहेको छ । नर्वे लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहँदा उच्च पाँच देशमा क्रमशः फिनल्याण्ड, डेनमार्क, स्वीडेन, नेदरल्याण्ड रहेका छन् । बेलायत ३५ औं स्थानमा रहँदा अमेरिका ४५ औं स्थानमा रहेको छ ।
खराबतर्फको सूचीका उच्च पाँचमा उत्तर कोरिया, तुर्कि्मिनिस्तान, इरित्रिया, चीन र दिजिबुटी रहेका छन् ।

प्रतिवेदनमा आउने दशक पत्रकारिताको भविष्यका लागि निर्णायक हुने जनाइएको छ । जसमा कोभिड–१९ महामारीको उजागर गर्ने र स्वतन्त्र, विश्वसनीय, विविधतायुक्त सूचना अधिकारका लागि कयौं संकटको सामना गर्नुपर्ने अवस्था आउनसक्ने आशंका गरिएको छ ।
सर्वसत्तावादी शासकको आक्रमकताका कारण आउने भूराजनीतिक संकट, लोकतान्त्रिक सुनिश्चतता नहुँदा आउने प्रविधिगत संकट, ध्रुवीकरण एवं दमनकारी नीतिका कारण हुने लोकतान्त्रिक संकट, मिडयासँगको घृणाका सृजित हुने विश्वासको संकट र आर्थिक संकटका कारण यो पेशाले ठूलो चुनौति सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

आरएसएफ के महासचिव क्रिस्टोफ डेलायरले सन् २०३० सम्ममा सूचनाको स्वतन्त्रता, बहुलवाद र विश्वसनीयता को अवस्था के होला भन्ने प्रश्नको उत्तर आजैको गतिविधिले निर्धारण गर्ने बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top