लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै

cabinet

१४ बैशाख, काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवासमा बस्ने बैठकले लकडाउन थप्ने या खुकुलो बनाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

Advertisement

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिवार बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुङ्गो लगाउन मुख्यसचिव लोक दर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएकोमा कार्यदलले एक हप्ता बढाउन सुझाएको थियो ।

सरकारले स्वरूप परिवर्तन गरेर भए पनि लकडाउन लम्ब्याउने तयारी गरेको बताइएको छ। सरकारले आन्तरिक तथा बाह्य हवाई उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

Advertisement

हालसम्म कोरोना विरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष निकाल्दै उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन यथास्थितिमा कायम राख्ने तर हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी कदमसँगै नेपाल सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top