२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ५ बजेलाई सर्यो

cabinet

१४ बैशाख, काठमाडौं । आज दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने गरी सरेको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भएका छन्।

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

Advertisement

यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ। कोरोना भाइरस संक्रमणको जोखिम नभएका ठाउहरुमा उच्च सतर्कताका साथ विकास निर्माणको कामलाई अगाडि बढाउन समेत समितिले सुझाव दिएको थियो। आजको बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने स्रोतको भनाई छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top