×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नेपालमा संक्रमित ५१ पुग्दा १६ जना निको भएर घर फर्किए

१४ बैशाख २०७७

१४ बैशाख, काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । आइतबार थप २ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये २ जनाको पोजेटिभ देखिएको छ । संक्रमित दुबै जना पर्साको वीरगञ्ज ५० वर्षिय पुरुषहरु हुन् ।

अहिले उनीहरुको उपचार भइरहेको छ । आइतबार ४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल विरगञ्जमा उपचाररत रौतहटका १८ वर्षिय पुरुष एक जना १२ औं दिन र तीन जना भारतीय नागरिक ३ जना पुरुष १५ दिनमा डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरु छपकैयाको मक्की जामे मस्जिदमा बस्दै आएका थिए ।

Advertisement
Advertisement

यो सँगै निको भएर घर फर्किनेहरुको संख्या १६ पुगेको छ । सरकारले प्रदेश नम्बर २ मा परीक्षणको दायरा थप बढाएको छ । प्रदेशका ८ वटै जिल्लामा नमुना परीक्षणका लागि १ हजार २७ वटा नमुना संकलन भएका छन् । संकलित नमुनाहरुको परीक्षण जारी रहेको प्रवक्ता देवकोटाले बताए । सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरबाट पछिल्लो पटक ३ सय ३७ जनाको नमुना परीक्षणका लागि संकलन भइरहेको छ । आइतबारसम्म ५१ हजार ३ सय ६७ वटा नमुना परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडिटी विधिबाट ४१ जहार ४ सय ३६ वटा नमुना परीक्षण भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ९६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ३ सय ८, प्रदेश नम्बर २ मा ५ हजार १ सय ४१ र बागमती प्रदेशमा ७ हजार ५ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय २४ प्रदेश नम्बर ५ मा ३ हजार ३ सय २६, कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ र सुदूरपश्चिम प्रदेशमा ११ हजार १ सय ७२ जनाको आरडिटी विधिबाट नमुना परीक्षण गरिएको छ । १७ हजार २५ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ६ र बाहिर १ सय ४ गरी १ सय १० जना अहिले आइसोलेसनम रहेका छन् ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top