×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेरि थपिए २ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४ पुग्यो

१६ बैशाख २०७७

१६ बैशाख, काठमाडौँ ।
मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो । नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारत लगायत अन्य मुलुकबाट आएकाहरु छन् ।

अहिले को शी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ वटा नमुना परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् । देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेशनम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top