×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

नयाँ दिल्लीमा २०० जना स्वास्थ्यकर्मीलाई कोभिड–१९ संक्रमण

१६ बैशाख २०७७

१६ बैशाख, नयाँ दिल्ली।

भारतको राजधानी नयाँ दिल्लीमा मात्र कोविड १९ का कम्तीमा पनि दुईसय जना चिकित्सकसहितका स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

Advertisement
Advertisement

दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले सो कुराको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीमा मात्र दुईसय जना स्वास्थ्यकर्मी कोविड १९को संक्रमण भएका बताएका हुन् । उनले दिल्लीमा मात्र कोविडका बिरामीको संख्या ३ हजार नाघेको बताए । उनले तीन हजार १०८ जनामा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले मङ्गलबार भने – यहाँ सरकारी तथा निजी अस्पताल सबैमा गरेर दुईसय जना स्वास्थ्यकर्मी कोविड १९ को विरामी परेका छन् । उनले यहाँका अस्पतालहरुमा दिन प्रतिदिन संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या बढ्ने गरेको पनि बताए ।

कोविड १९ का भन्दा अरु अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित
तर उनले दिएको जानकरीअनुसार कोविड १९ को उपचाराक लागि तोकिएका अस्पतालमा भन्दा बाहिरको अस्पतालका स्वास्थ्यकर्मीहरुमा यो संक्रमण देखिएको बताए । उनले दिल्लीको बाबु जग्जीवन राम मेमोरियल अस्पतालबाट मात्र ६० जना स्वास्थ्यकर्मीमा यो संक्रमण देखिएको जानकारी दिए ।

उनले दिल्लीमा मात्र तीन हजार १०८ जना संक्रमित भएकोमा ८७७ जना विरामी निको भएका छन् । हाल त्यहाँ २ हजार १७७ संक्रमित उपचाररत छन् । उनका अनुसार हिजोमात्र १९० जना संक्रमित दिल्लीमा थपिएका छन् । यहाँ ५४ जनाको ज्यान गएको छ । उनका अनुसार नयाँ दिल्लीमा गएको १३ दिनमा कोविड १९ का संक्रमितको संख्या दोब्बर हुन पुगेको छ ।

स्वास्थ्यमन्त्री जैनले भने– नयाँ दिल्लीमा लकडाउनका कारणले गर्दा यो रोग तीब्र गतिमा फैलिन नपाएको हो र लकडान नगरेको भए यहाँ यो संक्रमण अनियन्त्रित हुनेथियो ।

लकडाउन कहिलेसम्म लम्बिन्छ र?
उहाँलाई सम्वाददाताहरुले सोधेको लकडाउन अझ कहिलेसम्म हुन्छ भनी सोधेको प्रश्नमा भने – अझ ७ दिन त बाँकी नै छ, त्यतिन्जेल हेरौँ यो संक्रमणको फैलावटको अवस्था कस्तो हुन्छ त्यसैको आधारमा हामी आगामी दिनको बारेमा निर्णय गर्नेछौँ ।

हाल त्यहाँ जारी रहेको लकडाउन आगामी मे ३ सम्मका लागि रहने छ । त्यसपछि के गर्ने भन्ने बारेमा राज्य तथा केन्द्र सरकारले पनि कुनै निर्णय गरिसकेका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मात्र पनि भारतका मुख्यमन्त्रीहरुसँग यस विषयमा भिडियो कन्फ्रेन्स बैठक गरेका थिए। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सो बैठकमा सहभागी भएका थिए । मुख्यमन्त्री केजरीवाल भने दिल्लीमा यो संक्रमणको विस्तार दर निकै बढ्दै गएकोले लकडाउनको अवधि थप्नुपर्छ भन्नेमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

रासस / एनआई

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top