सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

१६ वैशाख, काठमाडौं ।
सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई रिहा गरेको छ ।

उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए । उनलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट थुनामा राख्न अनुमति लिएको थियो ।

शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई मंगलबार गर्दै न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले शाहीलाई थुनामै राखेर नै मुद्धा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको बताएको छ ।

Advertisement

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

यसअघि रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top