नेकपा सचिवालय बैठक बुधबार साँझ बस्ने

१६ वैशाख, काठमाडौं ।
सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार (भोली) साँझ बस्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले साँझ ५ बजेलाई बैठक बोलाइएको बताए ।

अध्यादेश प्रकरणपछि पार्टीमा विवाद बढिरहेका बेला सचिवालय बोलाइएको हो ।पार्टीका २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठकको पनि लिखित माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top