टायर पड्किएर भारतीय नागरिकको मृत्यु

१६ बैशाख ७७, बुधबार

१७ बैशाख, विराटनगर ।
बिराटनगर–१३ स्थित मलाया रोडमा टायर पड्किँदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ ।

बिराटनगर–१३ का जितेन्द्र यादबको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाई बस्दै आएका हैदरले बुधबार दिउँसो साढे १ बजे पुरानो टायरमा हावा हालिरहेको अबस्थामा एक्कासी टायर पड्किँदा टायर भित्र रहेको फलामको रिङले टाउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top