×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान

१८ बैशाख २०७७

१८ बैशाख, काठमाडौं ।

सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको हो ।

Advertisement
Advertisement

आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि देहायबमोजिमको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्तापूँजीसम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।

प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न, रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्तापूँजी हुनुपर्ने जनाइएको छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लिखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय उडान सञ्चालनयोग्य आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव माग गरिएको सो मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिए ।उनले सन्निकट अवस्थामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र अहिले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय उडान (कार्गो, चार्टर्ड र सेडुअल) गर्नुपर्ने भएकाले प्रस्ताव आह्वान गरिएको बताए ।

‘लकडाउनपछि छिट्टै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनेछ, त्यहाँबाट नजिकका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न चाहने वायुसेवा कम्पनीका लागि पनि यो प्रस्ताव मागिएको हो, अर्कोतर्फ अहिले धेरै कार्गो तथा चार्टर्ड उडान गर्नुपर्ने बाध्यता भएकाले पनि इच्छुक कम्पनीलाई इजाजत दिनका लागि प्रक्रिया अघि बढाइएको हो’, सह–सचिव आचार्यले भने ।

अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् । नेपालमा अहिले निजी क्षेत्रका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये यति एयरलाइन्सले ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको थियो । उक्त कम्पनीले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन ।

त्यस्तै बुद्ध एयरले भारतको बनारस र कोलकात्तामा उडान गर्ने गरेको छ । पछिल्लो पटक लकडाउनको अवधिमा यी तीनवटै कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । श्रीले सिङ्गापुर र सुडानमा चार्टर्ड उडान गरेको थियो भने बुद्धले बङ्गलादेशमा दुई पटक उद्धार उडान गरिसकेको छ । हिमालयले चीनको ग्वाङ्जाओ र बुहानमा चार्टर्ड उडान गरेको छ ।

अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको सह–सचिव आचार्यले बताए । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिन्छ । अहिलेको ४५ दिनको प्रक्रिया सकेर पुनः खुल्ला प्रतिस्पर्धामा पनि जान सकिनेछ ।

आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेको बताइन्छ । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्तापूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ ।

‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को खण्ड ६।६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाबमोजिम लागू हुने मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को यही वैशाख १५ गतेको निर्णयअनुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

अहिलेको अवस्थामा भारत, बङ्गलादेशसहित दक्षिण एशिया तथा दक्षिणपूर्वी मुलुकहरु जापानलगायतबाट कार्गो र उद्धार उडानका लागि प्रेसर रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै अष्टे«लियामा पनि चार्टर्ड उडानको माग बढिरहेको छ । यो नेपाल एयरलाइन्सले गत चैत १९ मा चार्टर्ड उडान गरेको थियो भने छिट्टै अर्को चार्टर्ड उडान गर्ने तयारीमा छ । जापानमा पनि चार्टर्ड उडानको माग भइरहेको छ ।

त्यसैगरी भारत, बङ्गलादेश र अष्टे«लियाबाट धेरै सङ्ख्यामा विद्यार्थी नेपाल आउन चाहेकाले उडानको माग बढिरहेको छ । तर, यी उडानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गर्नुपर्ने हुन्छ ।

चीनको चाङ्सा उड्दै हिमालय एयरलाइन्स
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको छ । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिए । लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ६ः३० बजे काठमाडौँ आइपुग्नेछ ।

लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

Advertisement
Advertisement

यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।-सिबी अधिकारी/ रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top