सबैको प्रयासबाट कोरोना रोकथाममा सफलता : स्वास्थ्यमन्त्री ढकाल

१८ बैशाख ७७, शुक्रबार

१८ बैशाख, काठमाडाैँ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताएका छन् ।

सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले सम्पूर्ण नागरिकको सहयोगका कारण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका हुन् ।

Advertisement

उनले कोरोनाविरूद्धको लडाइँमा तुलनात्मक रूपमा नेपालको अवस्था अन्य देशको भन्दा माथि रहेको बताउँदै यसमा सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र विदेशमा रहेका शुभेच्छुकको सहयोग तथा ऐक्यबद्धताको योग रहेको उल्लेख गरे।

मन्त्री ढकालले भने, “सबैको प्रयासका कारण मुलुकमा ठूलो क्षति हुन पाएको छैन । नेपालसहित एशियाको १० राष्ट्रमा यस सङ्क्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु हुन पाएको छैन । सामान्यतः अन्य मुलुकमा औसत परीक्षणमा पनि हामी राम्रै गरिरहेका छौँ । बिरामीहरूमध्ये १६ जना घर फर्किसक्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

Advertisement

उनले कोरोनालाई नेपाल भित्रन नै नदिने प्रयास स्वरुप समयमै लकडाउनको निर्णय लिएर राम्रो गरिएको बताउँदै जोखिमको समयमा पीडा सहेर भए पनि नागरिकले साथ दिएको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि अभावका बीचमा काम गरेकाले महामारीको रुप लिन नसकेको जनाए ।

मन्त्री ढकाललाई एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सोनाम लामाले छिमेकी चीनबाट ल्याएका पिपिई, केएन ९५ मास्कलगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top