×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश नं. १ मा दैनिक तीनसय बढीको स्वाव परीक्षण हुने

१९ बैशाख २०७७

१९ बैशाख, विराटनगर ।
प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद तीनसय बढीको स्वाव परीक्षण हुने भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणका लागि थप ल्याव सञ्चालन गरेसँगै दैनिक ३ सय बढीको परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

प्रदेश सरकारले कोरोना परीक्षणको मात्रा बढाउँदै लगेको उनले बताए । विराटनगरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद व्यक्तिको स्वाव परीक्षण शुरु गरिएपछि मन्त्री घिमिरेले शुक्रबार निरीक्षण गरेका थिए । सो प्रयोगशालामा शुक्रबारदेखि स्वाव परीक्षण शुरु भएको छ ।

प्रयोगशालाको सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले निरीक्षण गरेका छन् । २० जना सम्मको सो ल्यावबाट परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि क्षमता विस्तार गरिएको बताए ।

धरानमा १ सय बढी र कोशी अस्पतालमा २ सय जना सम्मको परीक्षण गर्न सकिने मन्त्री घिमिरेले बताए । सो ल्यावमा कोरोना पोजेटिभ रिपोर्ट आएमा पुनः परीक्षण कोशी अस्पतालमा गरिने प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयबेन्द्र यादवले बताए । सो ल्यावबाट यसअघि वर्डफ्ल्यु, स्वाईनफ्ल्यु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको उनले बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top