×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा थप १० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

२१ बैशाख २०७७

२१ बैशाख, काठमाडौं ।

आइतबार एकै दिन नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा ३६ वर्षिय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। उनीहरु ७ वर्षदेखि ५८ वर्ष उमेर समूहसम्मका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ ।

यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top