×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

२२ बैशाख २०७७

२२ बैशाख ,नयाँ दिल्ली।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् ।

गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ ।यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । मई१७ सम्मका लागि सरकारले लकडाउनको घोषणा गरेको छ ।रासस / एनआई

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top