नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेकपा स्थायी कमिटीको बैठक स्थगित

२४ वैशाख, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।बहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि  स्थायी कमिटी बैठक स्थगित भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.