२६ बैशाख, धनगढी ।
धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। ३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताए ।
उनको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।
उनीसँगै भर्ना भएका दुईजना, केही समयअघि भर्ना भएका एकजना र उनीभन्दा पछाडि भर्ना भएका एकजना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् ।