२८ वैशाख, एजेन्सी ।
नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् ।
लण्डन प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । बुधबार बिहान करिब साढे १० बजे दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी सुरु गरेको हो । प्रहरीले ६ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।
हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताएका छन् । रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।
हालै उनी फिजीका लागि राजदूत नियूक्त भएका थिए ।