उद्योग खुलेपनि मजदुरको अभावमा संचालनमा कठिनाइ

३० बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।

लकडाउनका कारण बन्द रहेका उद्योगहरु अहिले आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका छन् । सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण अझैपनि उद्योग सञ्चालन गर्न समस्या रहेको उद्योगीहरुले बताएका छन् ।

Advertisement

लकडाउनका कारण सबै उद्योग बन्द हुँदा अर्थतन्त्रमा असर परेको भन्दै सरकारले गत वैशाख २८ गतेदेखि ४२ प्रकारका उद्योगहरुले एक तिहाई श्रमिक राखेर सञ्चालन गर्न सक्ने निर्णय गरेको थियो । त्यससँगै सरकारले श्रमिक तथा कर्मचारीहरुको आवागमनलाई सहज बनाउन उपत्यका भित्र टाइमकार्ड समेत लागू ग¥यो ।

तरपनि टाढाबाट आउनु पर्ने र उपत्यका बाहिर रहेका श्रमिकहरु उपस्थित नहुँदा उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । यस्तै उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको वितरण एवं ढुवानीमा समस्या आउने गरेको उद्योगीहरुले बताएका छन् ।

Advertisement

तरपनि उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा ८१ व्टा र पाटन औद्योगिक क्षेत्रमा ९५ वटा उद्योग सञ्चालनमा आएका छन् । उद्योग सञ्चालन गरिएपनि कर्मचारीहरु आउन नसक्दा पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बालाजु औद्योगिक क्षेत्रमा रहेको पोलिथिन एण्ड प्लाष्टिक उद्योग प्रालिका प्रबन्ध निर्देशक प्रमोद घिमिरेले बताउनुभयो ।

उहाँले लकडाउनमा काम नभएपछि आफ्नो घर गएका श्रमिकहरु आउन नसकेको बताए ।  विस्कुट उत्पादन गर्ने कम्पनी नेबिको प्राइभेट लिमिटेडका महाप्रबन्धक केशब भट्टराइले लकडाउन सुरु भएको एक महिना पछि नै आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताए ।

उनले उद्योगको नजिक रहेका श्रमिकहरुलाई बोलाई काम सुरु गरिएको बताए । अहिले पनि सबै सबै श्रमिकहरु काममा फर्कन नसक्दा पूर्ण रुपमा उद्योग सञ्चालन गर्न नसकिएको भट्टराईले बताए । उनले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी काममा लगाइएको बताए ।

निजी क्षेत्रका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेपनि सरकारी लगानीको दुग्ध विकास संस्थानको ‘काठमाडौं दुग्ध वितरण आयोजना’ भने पूर्ण रुपमा सञ्चालनमा आएको छ । आयोजना प्रमुख तिर्थकुमार महर्जनले लकडाउनमा पनि दुध उत्पादनमा कुनै कमि नआएको बताए ।

उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव हुन नदिएको र प्रशासनिक क्षेत्रमा पालैपालो गरी कर्मचारीहरु आउने व्यवस्था मिलाइएको उनले बताए । अहिले पनि दैनिक ७५ देखि ७६ हजार प्याकेट दुध उत्पादन भइराखेको प्रबन्धक महर्जनले बताए ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कायम मुकायम क्षेत्र व्यवस्थापक भोजराज विनाडीले औद्योगिक क्षेत्र भित्र सञ्चालनमा रहेका उद्योगहरुको नियमित अनुगमन गर्ने गरिएको बताए । उनले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगहरुमा कोरोना भाइरस संक्रमणको सावधानी अपनाइएको बताए ।

उनले अहिले सम्म ८१ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालन गरिएको बताए । अहिले उद्योगहरुमा सबै श्रमिक आउन सक्ने अवस्था पनि नरहेको र कच्चा पदार्थको समेत अभाव भएकाले पूर्ण रुपमा सञ्चालन गर्न समस्या रहेको बताए । उद्योगमा उत्पादन भएका वस्तुहरुको वितरण तथा ढुवानीका लागि टाइम कार्डका कारण समस्या भएको उनले बताए ।

पाटन औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगरुले भने श्रमिकहरुलाई उद्योगमै बस्ने व्यवस्था मिलाई उद्योग सञ्चालन गरेको पाइएको छ । पूर्ण वुड कभरिङ इन्ड्रस्टिजका सञ्चालक किरण स्थापितले श्रमिकहरुलाई उद्योग मै खाने र बस्ने व्यवस्था मिलाएर आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताए ।

सबै श्रमिकहरु उद्योग सम्म आउन कठिन भएकाले उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको उनले बताए ।  पाटन औद्योगिक क्षेत्रका प्रशासनिक अधिकृत प्रदीप पराजुलीले लकडाउन कायम हुँदा पनि पाटन औद्योगिक क्षेत्र भित्र सात वटा उद्योगहरु सञ्चालनमा आइरहेको बताए ।

उनले सरकारले उद्योगहरु सञ्चालन गर्न दिने भनेपछि आइतबार देखि करिब ९५ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएको बताए । उनले सबै उद्योगहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिई सामाजिक दुरी कायम राख्ने र स्वास्थ्य सावधानिका उपायहरु अपनाएर काम गर्न आग्रह गरिएको र सोही अनुसार नै उद्योगहरु सञ्चालन भइराखेको बताए ।

सरकारले एक तिहाई कर्मचारी राखेर उद्योग सञ्चालन गर्न भनेपनि अझै केही उद्योगहरु सञ्चालनमा आउन भने सकेका छैनन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top