×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026
Playing
भारतको पृथ्वी हेर्ने ‘दृष्टि’ उपग्रह कस्तो छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026

विराटनगरमै बन्दो रहेछ नक्कली ब्राण्डेड मदिरा, मदिरासहित ब्यापारी पक्राउ

६ जेष्ठ २०७७

६ जेठ, विराटनगर ।

विराटनगर महानगरपालिका ११ बसपार्कबाट ठूलो परिणामको नक्कली मदिरासहित १ जनालाई पक्राउ गरिएको छ । ती ब्यापारीले कम /दररेटको मदिरालाई महँगो ब्राण्डको बोतलमा रिप्याक गरी विक्री वितरण गर्दै आएको खुलासा समेत भएको छ ।

Advertisement
Advertisement

विराटनगरको बसपार्कको उत्तरतर्फ रहेको न्यु डिएन ट्रेडर्स पसलभित्रै नक्कली मदिरा उत्पादन गर्ने गरिएको खुलासा भएको छ । सो पसलमा नक्कली मदिराको कारोबार भइरहेको सूचना पाएपछि छापा मारेको प्रहरीले पसलभित्रबाट तयार नक्कली मदिराका बोतलहरु सहित मदिरा बनाउन प्रयोग गरिने राजश्वका स्टीकर,गम र कच्चा पदार्थ लगायतका सामाग्रिहरु समेत बरामद गरेको छ । उक्त पसल संचालन गर्दै आएका विराटनगर ६ शान्तिचोकका श्रवण मुखियाले पसल भित्रै र शान्तिचोकमा रहेको आफ्नो घरमा समेत नक्कली मदिरा निर्माण गर्दै आएको प्रमाण फेला परेको छ ।

प्रहरीले उनको घरबाट ६ बोरा बढी सिलप्याक नक्कली मदिरा बरामद गरेको छ भने बसपार्क नजिकको पसलबाट कयौं कार्टुन मदिरा र कच्चा पदार्थ बरामद भएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । पसल संचालक मुखियाले प्लास्टिकको बोतलमा बिक्री हुने पासपास ब्राण्डको एकदमै सस्तो मदिरालाई गोल्डेन ओकमा रिफिल गरेर विक्री वितरण गर्दै आएका थिए । यसैगरी कमसल रक्सीलाई ओल्ड दरबार र मास्टर सेलेक्शन लगायतका महँगो मूल्यको बोतलमा रिफिलगरि विक्री वितरण गर्दै आएका थिए ।

पसल संचालक मुखियाले समेत आफुले सस्तो मूल्यको मदिरा महँगो मुल्यको बोतलमा रिफिल गरी विक्री गरेको स्वीकार गरेका छन् । मुखियाले उत्पादन गरेका नक्कली मदिरा अधिकाशरुपमा नजिकै रहेको बसपार्क र होटलहरुमा खपत हुँदै आएको स्थानीयले बताएका छन् । प्रहरीले मुखियाको घर र पसलबाट बरामद भएका नक्कली मदिरासहित मदिरा बनाउने सामाग्रि समेत नियन्त्रणमा लिएको छ ।

Advertisement

नक्कली मदिरा उत्पादन गर्नेलाई राजश्व अनुसन्धान विभागसंग समन्वय गरेर कारवाही चलाईने मोरङ प्रहरीले जनाएको छ । मुखियालाई तत्काल वाणिज्य कार्यालय विराटनगरले ३ लाख जरिवाना भराएको छ । बाँकी अन्य कारवाही आन्तरिक राजस्व कार्यालय विराटनगरले अघि बढाउने वाणिज्य कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top