बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

९ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठकमा संविधान संशोधनबारे छलफल भइरहेको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको अद्यावधिक नक्सा जारी गरेको छ ।

सो नक्सा कार्यन्वयनका लागि संविधान संशोधन गरेर राख्नुपर्छ । बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि चाल्नुपर्ने थप कदम, विदेशमा रहेका नेपाली लगायत विषयमा समेत छलफल हुनेछ ।

गत बुधबार बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.