चीनद्वारा रसुवालाई १५ सय थान आरडिटी कीट सहयोग

९ जेठ ७७, शुक्रबार
Share this
737shares

९ जेष्ठ, रसुवा । चीनको जिलोङ् काउन्टीले रसुवाका लागि १५ सय थान आरडिटी कीट सहयोग गरेको छ ।

Advertisement

जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षकर्मी तथा सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न आरडिटी कीटको अभाव भएको अवस्थामा चीन सरकारबाट आरडिटी कीट सहयोग आएपछि सबैको कोरोना परीक्षण गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

कोरोना भाइरस रोकथामका लागि यसअघि रसुवालाई तीन पटकसम्म चीनले पीपीई, एन–९५ मास्क, डिजिटल थर्मा्मिटर, खाद्यान्न लगायतका सामग्री सहयोग गरिसकेको छ ।

Advertisement

स्वास्थ्य सामाग्रीसँगै चीनले अन्तर्रा्ष्ट्रिय व्यापारिक नाका रसुवागढीलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने एक करोड रुपयाँ बराबरको सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।

चीनले रसुवागढीका लागि ब्यागेज स्क्यानर मेसिन, वाक थ्रु गेट र ५ वटा मेटल डिटेक्टर उपलब्ध गराएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top