छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया शुरु

८ जेठ ७७, शुक्रबार

९ जेठ, काठमाडौँ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) का लागि भवन निर्माण प्रक्रिया थालिएको छ । सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरेसँग भवन निर्माणको प्रक्रिया शुरु भएको हो । सरकारले भावन निर्माणका लागि रु ११ बरोड बजेट छुट्याइसकेको छ ।

उक्त स्थानमा १६० सशस्त्र प्रहरी रहने गरी सशस्त्रको गुल्म नै स्थापना गर्ने गृह मन्त्रालयको योजना छ । गुल्म स्थापना भएमा कालापानी, लिपुलेक, व्यासगुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा हुनेछ ।

Advertisement

त्यहाँ गुल्म रहेपछि त्यस मातहत कालापानी नजिकैको कौवा र चीनसँगको सीमा तिङ्करमा थप दुई सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेर सुरक्षा निगरानी बढाइने छ । त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।

गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पु¥याएर बिओपी स्थापना गरिएको थियो । उनीहरुका लागि छ महिना पुग्ने राशनसमेत हेलिकोप्टरबाटै लगिएको छ । हाल मासिक रु २५ हजार भाडा तिर्ने गरी स्थानीय जीतबहादुर बोहराको घरमा बिओपी स्थापना भएको छ ।
भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पु¥याएको छ । मानसरोवर जोड्न नेपाल भूमि हुँदै सडक बनाएर उद्घाटन गरेपछि सरकारले आफ्नो सीमारक्षाका लागि यसरी तत्कालै सशस्त्र प्रहरी सेनाको हेलिकोप्टरमार्फत पु¥याएको हो ।

जेठ १ गते भवन निर्माणका लागि सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्के नेतृत्वको टोलीले भवन निर्माणका लागि जग्गा नापजाँच गरेर आएको थियो । अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त छ ।

भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रै महिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । डाइनिङ हललगायत छुट्टै बन्ने छ । स्थानीय स्रोतसाधन प्रयोग गरेर भवन निर्माण हुनेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट गुल्म बसेपछि भने सो क्षेत्रको सुरक्षा मजबुत हुने बताउँछन् ।

पछिल्लो समयमा नेपालको विभिन्न सीमा क्षेत्रमा भारतले अतिक्रमण गरेपछि सरकारले सीमा क्षेत्रमा बढीभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी थालेको छ । गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगरानी चौकी स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विभिन्न क्षेत्रमा अहिलेसम्म १४ वटा थपिसकिएको छ । हाल बिओपीको सङ्ख्या सीमा क्षेत्रमा १२१ पुगेको छ । क्रमशः बिओपी थप्दै लगिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले बताए ।

दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु झण्डै ८० किलोमिटरको दूरीमा छ । छाङरुबाट गुञ्जी दोभान झण्डै १० किलोमिटरको दूरीमा पर्छ । गुञ्जीबाट लिपुलेक १७ किलोमिटर टाढा छ । छाङरुबाट कालापानी १४ किलोमिटरको टाढा पर्छ । त्यसैले यहाँ सुरक्षाकर्मी तैनाथ गर्नु महत्वपूर्ण हो । फौज बढाएर अन्य क्षेत्रमा समेत सुरक्षाकर्मी परिचालन गर्नु जरुरी छ । त्यहाँ अहिलेसम्म सडक बाटो नभएकाले मानिसले भारतको बाटो प्रयोग गरेर पुग्नुपर्छ । सरकारले यहाँको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो ।

अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी गरिएको छ । भारतमा ५३० बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ । त्यसको आवश्यक प्रक्रियासमेत थालिएको छ । यसरी पोष्ट बढाउँदा सशस्त्र प्रहरीको दरबन्दीसमेत बढाउनुपर्ने आवश्यकता छ । – नारायण ढुङ्गाना /रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top