१० जेष्ठ, काठमाडौँ ।
सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह शिलुको निधन भएको छ ।
उनको शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ८१ वर्षीया सिंहको उपचारका क्रममा उनको निधन भएको हो । नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र पछि ब्रेन स्ट्रोक भएको जानकारी दिएकी छन् ।
उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन् । उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। त्यसपछि उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् ।
१९९६ साल फागुन २२ गते काठमाडौँको पकनाजोलमा उनको जन्म भएको थियो । उनका पति र दुई छोरा छन् ।