कतारमा कोरोना संक्रमितमध्ये नेपाली समुदाय दोस्रो नम्बरमा

९ जेठ ७७, शनिबार

१० जेष्ठ, काठमाडौँ ।
गत मे १९ सम्मको विवरण अनुसार कतारमा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको सख्या ६ हजार ९ सय ११ जना पुगेको छ ।

जसमध्ये एकको मृत्यु भएको छ । कतारको जनस्वास्थ्य मन्त्रालयबाट प्राप्त रिपोर्टअनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ ।
सबैभन्दा बढी भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौं कतारी १५ सय ३६ जना रहेका छन् ।

बाँकी अन्य देशका नागरिक रहेका छन् । कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ ।

Advertisement

१३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६,६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेका छन् । कतारले मैजर हेल्थ सेन्टर, रुवाडत अल खलिल हेल्थ सेन्टर, उमसलाल हेल्थ सेन्टर र अल गरफा हेल्थ सेन्टरबाट कोरोना परीक्षण भइरहेको जनाएको छ ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले उपचारमा कुनै विभेद नरहेको बताए । कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्ना नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ,’ उनले भने । राष्ट्रिय महामारी प्रतिरोधक समितिका अनुसार अधिकांश बिरामीलाई कोरोनाका लक्षण नै देखिएको छैन ।

Advertisement

जसको कारणले भाइरस फैलिरहेको हो ।  कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कतारमा संक्रमण पुष्टि भएकाहरुमध्ये ७ हजार ८ सय ९३ जना निको भएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top