तालिवानद्वारा तीन दिन युद्धविरामको घोषणा

११ जेष्ठ, एजेन्सी । तालिवानले तीन दिन युद्धविरामको घोषणा गरेको छ । मुस्लिमहरुको महत्वपूर्ण चाडपर्व ईद(उल(फित्रको अवसरमा तालिवानले अफगान सरकारसँग तीन दिने युद्धविरामको घोषणा गरिएको हो ।

पछिल्ला केही हप्तादेखि कट्टरपन्थीहरुले सरकारी सेनाविरुद्धको कारवाही तीव्र पारेका छन् । राष्ट्रपति अशरफ घानीले तालिवानी लडाकूहरुको युद्धविरामको घोषणाको स्वागत गरेका छन् ।

उनले सरकारी सेनाले पनि उक्त युद्धविरामको पालना गर्ने बताएका छन् । तालिवानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले दुवै पक्षले युद्धविरामको पालना गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

तालिवानले सशस्त्र युद्ध सुरु गरेपछि अस्थायी युद्धविराम गरेको यो तेस्रो पटक हो ।

लामो समयदेखि युद्धरत पक्षबीच वार्ता गराउने अन्तर्रा्ष्ट्रिय प्रयासहरु भइरहेपनि पूरा हुन सकेका छैनन् ।

अफगानिस्तान र अन्तर्रा्ष्ट्रिय पर्यवेक्षकहरुले फेब्रुअरीमा तालिबान र अमेरिकबीच सेना फिर्ता गर्नेबारे सम्झौता भएसँगै दुवै पक्षबीच हिंसा कम हुने अपेक्षा गरिएको थियो ।

यही महिनाका सुरुमा राजधानी काबुलमा रहेको एक अस्पतालको प्रसुती वार्डमा भएको आक्रमणले तालिवानीहरुको व्यापक आलोचना भयो ।

उक्त घटनालगत्तै राष्ट्रपति घानीले लालिवानीविरुद्धको कारवाहीलाई तीव्र पार्न निर्देशन दिएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top