पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजबाट खुल्ने

१० जेठ ७७, आइतबार

११ जेष्ठ, काठमाडौं । पशुपतिमा रहेको विद्युतीय शव दाह गृह आजबाट खुल्ने भएको छ ।

Advertisement

कोरोना सङ्क्रमण पुष्टि भएकी सिन्धुपाल्चोककी महिलाको शव जलाएपछि बन्द भएको शव दाहगृह आजबाट पुनः सुचारु हुने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिए ।

उनका अनुसार अरुमा सङ्क्रमण नफैलियोस् भनेर केही समय शवदाह गृह बन्द गरिएको थियो ।

Advertisement

यस्तै, कोषले पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन बन्द गरिएको छ । थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय भए पनि कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top