इंगलिस प्रिमियर लिग खेल्ने थप दुई जनालाई कोरोना संक्रमण

इंगलिस प्रिमियर लिग खेल्ने थप दुई जनालाई कोरोना संक्रमण

११ जेठ, एजेन्सी ।
इंगलिस प्रिमियर लिग खेल्ने थप एक दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मंगलबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्लब स्टाफ र खेलाडी गरी कूल ९९८ जनाको परीक्षण गरिएको थियो । जसमा दुई फरक क्लबका एक एक जनालाई कोरोना पोजिटिभ देखिएको हो । कोरोना पोजिटिभ देखिएकाहरुले अब सात दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

मे १९ मा गरिएको पहिलो चरणको परीक्षणमा प्रिमियर लिगमा ६ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमा वाटफोर्डमा एड्रिएन मरिएप्पा र बर्नलीका सहायक प्रशिक्षक आयन वोएन पनि थिए । त्यसबेला मे १७ र १८ मा ७४८ जना खेलाडी र क्लब कर्मचारीको परीक्षण गरिएको थियो ।

प्रिमियर लिगका क्लबहरुले मंगलबारदेखि प्रशिक्षणसमेत शुरु गरेका छन् । कोरोना भाइरस महामारीका कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिगमा ९२ खेल हुन बाँकी छ ।

प्रिमियर लिगका प्रमुख कार्यकारी अधिकृत रिचर्ड मास्टर्सले शुक्रबार लिग जुनमा पुनः सुरु गर्नेमा विश्वस्त रहेको बताएका छन् ।शनिबार मात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनदेखि क्लोज डोरमा शुरु गर्न सकिने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.