सामाजिक सञ्जालहरु बन्द गर्ने ट्रम्पको चेतावनी

१५ जेष्ठ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका ट्रम्पले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् ।

ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

Advertisement

मूलतः ट्वीटर केन्द्रित उनको यो चेतावनीले शासकहरु कतिसम्मको सोच राख्छन् भन्ने पनि देखाएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले नै आफ्नो चाहना बमोजिम नचलेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने धम्की दिएका हुन् ।

Advertisement

 

बुधबार झनै आक्रोशित देखिएका उनले दुई ट्वीटरकै प्लेटफर्म प्रयोग गर्दै सामाजिक सञ्जाल ट्वीटरलाई नै आक्रमण गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top