×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

२४ चैत्र २०७४

नयाँ दिल्ली, २४ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्ने भएक छन् ।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनेछन् । यस्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

Advertisement
Advertisement

राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने र ११ः३० बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय मुख्य भेटवार्ता हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच एक्लाएक्लै भेटवार्तापछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय छलफल र भेटवार्ता हुने कार्यक्रम छ ।

Advertisement
Advertisement

यस्तै नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिनेछ । सो कार्यक्रमलगत्तै उपराष्ट्रपति बेनकैया नायडु र गृहमन्त्री राजनाथ सिंहसँग पनि प्रधानमन्त्री ओलीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । आज साँझ १७ः३० इन्डिया फाउन्डेशनको कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गरी सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन अर्थात् आइतबार उत्तराखण्डमा अवस्थित पन्तनगरका लागि प्रस्थान गरी एकीकृत कृषि परियोजनाको निरीक्षण, कृषि विश्वविद्यालयकै सभाकक्षमा मानार्थ विद्यावारिधिको प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै नयाँ दिल्ली हुँदै साँझ ६ः०० बजे नेपाल एअरलाइन्सको चार्टर उडानमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top