रुकुम घटनाको नयाँ स्वरुप देखिदै, मिडियामा आए जस्तो छैनः महान्यायाधिवक्ता

१९ जेठ ७७, मंगलबार

२० जेष्ठ, काठमाडौं ।
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनाको विषयमा मिडियामा आएको कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा उपस्थित भएका महान्यायाधिवक्ता खरेलले घटनाको अनुसन्धानमा मिडियामा आएको भन्दा फरक तथ्यहरु फेला परेको बताए । उनले रुकुम घटनामा जे जति कुराहरु बाहिर आएका छन् त्यो भन्दा फरक प्रमाणहरु अनुसन्धानको क्रममा भेटिएको बताए ।

उनले भने ‘अहिले मिडियामा आइराखेका कतिपय चिजहरु जे कुरा आइराखेका छन अहिले अनुसन्धानमा त्यो कुरा म विनम्ब्रतापूर्वक भन्छु त्यो देखि राखेको छैन् । अहिले जे लेखिराखिएको छ त्यो लेखिराखिएको कुरा म विनम्ब्रतापूर्वक भन्छु अनुसन्धानमा त्यो कुरा देखिएको छैन् ।

प्रमाणले त्यो कुरा पुष्टि गर्ने वाला छैन केही कुरा जुन कुरो मान्छेको व्यक्तिगत जीवनसँग अन्यन्त गम्भिर छन् । त्यो कुरा भन्नु भन्दा अगाडी दश चोटी सोच्नु पर्ने थिायो, त्यो कुरा लेख्नु भन्दा अघि दश चोटी सोच्नु पर्ने थियो त्यो कुरा लेखियो । तर अहिले मैले जोसँग सम्पर्क गरिराखेको छु सरकारी वकिल र त्यहाँको डिएसपी जसले अनुसन्धान गरिराख्नु भएको छ वहाँहरुलाई सोध्दाखेरी ति कुरा देखिएका छैनन् ।’

उनले कुनैपनि खालको प्रभाव अनुसन्धान र अभियोजनामा पर्न नदिने प्रतिवदता समेत व्यक्त गरे । उनले भने ‘कुनैपनि खालको प्रभावहरु अनुसन्धान र अभियोजनामा पर्दैन् । म तपाइहरुलाई नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको हैसियतले ढुक्क हुनको निम्ति अनुरोध गर्छु । कुनैपनि खालको कसैको पनि भनाई त्यहाँ सुनिने छैन् ।

मैले जिल्ला प्रहरीलाई र जिल्ला सरकारी वकिललाई यति सम्म भनेको छु तपाईलाई यदि कसैले फोन गर्छ भने कृपया त्यो फोन मलाई डाइभर्ट गरिदिनुस, र मेरो टेलिफोन नम्बर दिनुहोस यो विषयमा महान्यायाधिवक्ताले तपाइसँग कुरा गर्नुहुन्छ वहाँसँग नै कुरा गर्नुहोस भन्नुहोस ।’

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीको सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरेपनि त्यसलाई सघाउन र गृह मनलय अझ स्पस्ट हुनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यि समिति गठन गरी अनुसन्धालाई अगाडि बढाइएको बताए ।

उक्त समितिले सिफारिस गरे अनुसार पिडित पक्षलाई सरकारले सम्बोधन गर्ने समेत सचिव न्यौपानेले बताए । उनले भने ‘त्यो विषयलाई सरकारले गम्भिरतापूर्वक लिदै घटनाको तथ्य के हुन भन्ने कुरामा अझ गृह मन्त्रालय पनि स्पस्ट होस नेपाल सरकारको पनि स्पस्टता आओस भन्ने हिसाबले सहसचिव जितेन्द्र बस्नेतको संयजकत्वमा ५ सदस्यि छानविन समिति गठन गरेर त्यहाँ पुगेको छ ।

त्यसको उद्देश्य अनुसन्धानमा सहयोगि पनि हुने हो । फ्याक्ट फाइण्डिङ गर्ने उद्देश्य पनि हो । र भोलि पिडित पक्षलाई सरकारले सम्बोधन गर्नुपर्ने राहत र भिक्टिमोलोजीको प्रिन्सिपल अनुसार दिनुपर्ने कुराहरुको सम्बन्धमा पनि सिफारिस गरोस भनेर टिओआर दिएर उहाँहरु काम गर्नुभएको छ ।’

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले घटनाको गम्भिर्यतालाई हेरेर संघीय प्रहरी इकाई कर्णालीको प्रहरी वरिष्ठ उपरिक्षकको नेतृत्वमा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र सरकारले गठन गरेको सहसचिवको नेतृत्वमा रहेको समितिबाट अनुसन्धान भइरहेको बताए ।

उनले १८ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको समेत जानकारी दिए । उनले भने ‘अहिले २० जनाको विरुद्धमा किटानी जाहेरी आएको अवस्था र १८ जना पक्राउ परेको र २ जना अहिले सम्म पक्राउ पर्न नसकेको अवस्था छ । उहाँहरुलाई पहिलोपटक अनुसन्धानको म्याद लिएर अनुसन्धान कार्य गरिएको छ र बयानको कार्य पनि सुरु भएको छ ।

पाँच जनाको सब प्राप्त भएको थियो उहाँहरुको मुचुल्काको कानूनी प्रक्रिया पु¥याएर सब पोस्टमार्टम गरेर सम्बन्धित आफन्तहरुलाई दाहसंस्कारको लागि जिम्मा दिएको जानकारी गराउन चाहन्छु र नेपाल प्रहरी सदैव संवेदनशिल भएको जानकारी गराउन चाहन्छु ।’

सांसद बालकृष्ण खाँडले लकडाउनको अवस्थामा त्यति ठूलो समुह भिडदा समेत सुरक्षा निकायले किन थाहा पाएन भन्ने ठाउँबाटै अनुसन्धान गर्नुपर्ने बताए । उनले निर्मम ढंगले बाँधेर, लखेटेर, कुटेर जधन्य हत्या हुँदा समेत २० जनालाई मात्रै जाहेरी परेको भन्दै त्यसमा पनि अनुसन्धान हुनुपर्ने बताए ।

उनले भने ‘१९ जना मान्छेहरु आउँदाखेरी त्यहाँको राज्यप्रणालीलाई थाहा भएन् । सरकारलाई थाहा भएन, सुरक्षा निकायलाई थाहा भएन् । १९ जनालाई निर्मम ढंगले बाँधेर लखेटेर कुटेर जघन्य हत्या गर्दाखेरी अहिले २० जना जायरी छ । २०औं जना आउँदाखेरी लकडाउनमा यसरी आउन पाइन्छ र ।

लकडाउनको विशेष अवस्थामा असामान्य अवस्थामा त्यहाँको सरकारले के ग¥यो ? अहिले सहज ढंगले अनुसन्धान भएको छ त्यसमा म धेरै टिकाटिप्पणी गर्न चाहन्न तर सामान्य अनुसन्धानले मात्रै पुगेन नी त । केटीको मा केटा आयो दुई जनाको बिचमा सम्बन्ध थियो त्यतिले मात्रै यो घटना अगाडि बढ्दैन् ।

त्यहाँको राज्य प्रणालीको हाम्रो सुरक्षा निकाय कहाँ थियो । ताँति लगाएर आउँदाखेरी मान्छे जहाँसुकै जाँदाखेरी पनि लकडानको बेलामा जहाँ सुकै जान पाइन्छ र । लकडाउनको बेलामा ताति लगाएर हिंडन पाइन्छ र? काठमाडौंमा पाइदैन, भक्तपुरमा पाइदैन, ललितपुरमा पाइदैन विराटनगर भैरहवामा पाइदैन तर रुकुम र जाजरकोटमा किन पाइयो ।

ति युवाहरुलाई प्रताडित गर्ने र आक्रमण गर्ने संख्या त झन ठुलो थियो होला र यसको वस्तुतिष्ठ अध्ययन गर्ने कि नगर्ने ?’ सांसद विमला विकले लक डाउन सुरु भएयता रुकुम घटना बाहेक पनि ३२ वटना जघन्य किसिमका दलितहरुसँग सम्बन्धित घटनाहरु भएको बताइन ।

सांसद रामकुमारी चौधरीले अनुसन्धानलाई छिटो सम्पन्न गर्न माग गरिुन । उनले घटनामा जो सुकै संलग्न भएपनि सत्यतथ्य पत्ता लगाई कारबाही गर्न माग गरिन । उनले भनिन ‘अनुसन्धनलाई छिटो भन्दा छिटो ल्याउनका लागि तदारुकताका साथ लाग्नुहुन्छ भन्ने अपेक्षा गरेको छु ।

त्यो घटनामा जो सुकैहोस जो सुकै व्यक्ति हुन सक्छ जो सुकै संलग्न हुन सक्छ दोशिलाई कडा भन्दा कडा कारबाही हुन पर्छ ।’ सांसद लक्ष्मी परियारले रुकुम घटनालाई उमेरका हिसाबले र कुनै बच्चा भएको हिसाबले भन्दा पनि दलित भएकै कारणले मारिएको बताइन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top