×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रहरीद्वारा नवमजनु सफाया अभियान

२४ चैत्र २०७४

वीरगञ्ज, २४ चैत ः प्रदेश नं २ को पर्सा जिल्लामा बलात्कारको घटना बढ्दै गएपछि पर्सा प्रहरीले यस्ता घटनाको न्यूनीकरण गरी अपराधीलाई कारबाहीको दायरामा ल्याउन नवमजनु सफाया अभियान शुरु गरेको छ ।

क्याम्पस तथा विद्यालय पढ्न जाने घरमा एक्लै भएको मौका छोपी छात्रालाई जिस्क्याउने अश्लिल हर्कत गर्ने तथा जबरर्जस्तीकरणी गर्ने जस्ता घटना बढेपछि पर्सा प्रहरीले यस्ता अपराध न्यूनीकरण गर्न सो अभियानको थालनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

Advertisement
Advertisement

सो अभियान अन्तर्गत वडा प्रहरी कार्यालयको टोलीले विद्यालय तथा क्याम्पस जाने छात्राको बाटो छेक्ने, शरीर छुने, जिस्क्याउने तथा दुरव्यवहार गर्ने युवामाथि निगरानी राख्ने तथा त्यस्तो अश्लिल क्रियाकलाप गर्ने युवालाई पक्राउ गरी कानूनको दायरामा ल्याउने भएको छ ।

उच्छृंंखल युवाबाट दुरव्यवहारमा परेकी युवतीले लोकलाजका कारण घटनाबारे प्रहरीमा जानकारी नगराउँदा यस्ता आपराधिक प्रवृतिका युवाको मनोबल बढ्न गएकाले पीडितले प्रहरीलाई खबर गरी अभियानलाई सफल पारी दिन प्रहरीले सबैसँग अपेक्षा गरेको छ ।

कानूनबारे जानकारी नभएको शिक्षाको अभाव जस्ता कारणले यस्तो घटनामा वृद्धि हँुदै आएकाले सो अभियान सहरमा मात्र सीमित नभएर पर्सा जिल्लाको सुदूर ग्रामीण क्षेत्रमा समेत सञ्चालन गरिएको पर्सा प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा हालसम्म जबरर्जस्ती करणीको १२ वटा तथा जबरर्जस्ती करणी उद्योगको सातवटा मुद्दा दर्ता भएका छन् । बलात्कार जघन्य अपराध मात्र नभएर मनोरोग पनि भएकाले विद्यालयस्तरमा बालिका तथा किशोरीलाई सवल र सक्षम खालको पाठ्य सामग्रीको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

Advertisement

प्रहरीको यो अभियानलाई सकारात्मक भन्दै पर्सावासीले समेत समर्थन जनाएका छन् ।
रासस

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top