स्वदेश फर्कनुपर्ने नेपालीको कोरोना जाँच गर्ने तयारी

२१ जेठ ७७, बिहीबार

योगेन्द्र योगी
२२ जेठ, दोहा ।
कतारबाट नेपाल फर्कनुपर्ने नेपालीको कोरोना जाँचका लागि छिट्टै प्रवन्ध मिलाउने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको समेत उनले बताए ।

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले मंगलबार दूताबासले दूताबासको फेसबुकमा राखेको सूचनामा ब्यापक गुनासो राखेका थिए ।

Advertisement

स्वदेश फर्कन पर्ने नेपालीको प्राथमिकताको आधारमा नेपाल सरकारले उद्दार गर्दै छ । कतारमा पछिल्लो २४ घण्टामा ५,३३९ जनामा गरिएको परीक्षणमा १९०१ जनामा सङ्क्रमण देखिएको छ भने १,५०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कतारमा सङ्क्रमितको सङ्ख्या ६२ हजार १६० पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३७ हजार ५४२ पुगेको छ भने बुधबार थप २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ४५ पुगेको छ ।

Advertisement

यता, कतारले कोरोना रोकथाम सम्बन्धी लगाएको प्रतिबन्ध केहि खुकुलो पार्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले जुन ४ देखि देखि निजि सवारीमा चार जना सम्मलाई यात्रा गर्न दिने निणर्य भएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top