२३ जेष्ठ, मोरङ । मोरङ ग्रामथान–५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ ।
हिजो साझँ ०६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय हरैचामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन भएको र घटनाबारे कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
