रुकुम घटना : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

जाजरकोट : पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा फालिदिएको हुन सक्ने प्रत्यक्षदर्शीले जनाएका छन् । प्रत्यक्षदर्शीको भनाइकै आधारमा सामूहिक हत्याकाण्ड घटाइएको हुन सक्ने आशंका गरिएको छ ।

घटनापछि बेपत्ता भएका उनीहरूको खोजतलास गर्दा भेरी नदीमा ६ जनाकै शव घाइते र विभिन्न अंगमा गम्भीर चोट लागेको अवस्थामा फेला परेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।

Advertisement

नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । गत १० जेठमा पश्चिम रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा नवराजकी पे्रमिकालाई भगाउन गएका जाजरकोटका १९ युवामध्ये ६ जनाको मृत्य भएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा वीरबहादुर गिरीले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top