×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

कर्णाली प्रदेशकै कोरोना उत्पादन केन्द्र बन्दै दैलेख

२५ जेष्ठ २०७७

२५ जेष्ठ, सुर्खेत ।
दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु नगरपालिकालाई निषेधाज्ञा जारी गरेको छ । भारतबाट भित्रिएका नागरिकमा कोरोना पुष्टि भइरहेको छ तर सङ्क्रमितहरुको व्यवस्थापन र उपचारमा ध्यान नदिँदा कोराना समुदायस्तरसम्म फैलिनसक्ने खतरा बढ्दै गएको छ ।

Advertisement
Advertisement

नगरभित्रका ११३ मा एकैपटक सङ्क्रमण भएपछि सुरक्षा चिन्ता बढेको हो । शुनिबार दुल्लु नगरपालिकामा २६ र महाबु गाउँपालिकामा पाँचमहिने बालिका तथा अठारमहिने बालकसहित १०७ सङ्क्रमित देखिएपछि अहिले दैलेखमा कूल सङ्ख्या ३५२ रहेको छ ।

एकको क्वारेन्टिनमै मृत्यु भइसकेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो बिहीबार सङ्क्रमण देखिएका ११३ मध्ये ८७ जना गाउँमै छन् । उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसन अस्पतालमा ल्याउने छलफल चलिरहेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकामा एकाएक सङ्क्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेकालाई एक साता कटेपछि पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरेर सुर्खेत पठाएको थियो । नतिजा आउन ढिलाइ भएपछि उक्त स्वाब जुम्ला गयो ।

जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन । रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टिनमा बसेकाको पुनः आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो । घर पुगेको तीन दिन के बितेको थियो, नगरभित्रका ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो ।

तर क–कसको नाम हो भनेर बिहीबार साँझसम्म आएन । जिल्ला सुरक्षा समितिले आपतकालीन बैठक राख्यो तर सङ्क्रमित अधिकांश घर पुगेका थिए । बुधबारदेखि उनीहरू घरमै छन् । अहिले दैलेखको नारायण नगरपालिकाका विभिन्न वडामा ८७ सङ्क्रमित घरमै बसेका छन् ।

समस्या केही नभएका कारण उनीहरुलाई घरमै सुरक्षित राख्नेतर्फ जिल्ला सुरक्षा समिति र स्वास्थ्य कार्यालय दैलेख लागेको छ । स्थानीय राजनीतिक दलले सङ्क्रमितमार्फत अन्य वृद्ध र बालबालिकामा सङ्क्रमण फैलिने र दैलेखको अवस्था भयावह हुने भन्दै तत्काल जिल्लाका गाउँपालिका, नगरपालिका सबै सिल गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले यस्तो महामारी रोगलाई पनि सामान्यरूपमा हेरिनुले जनताको स्वास्थ्यमा खेलबाड भएको भन्दै कडा आलोचना गरेका छन् । उनका अनुसार यस्तो बेलामा जिम्मेवार निकायले हेलचेक्र्याइँ गर्ने हो भने अवस्था जटिल बन्नसक्छ । केन्द्र वा प्रदेश सरकारले तत्काल दैलेखका बारेमा गम्भीर हुनुपर्ने समन्वय प्रमुख थापाले बताए ।

“भारतबाट ४२ हजार आउने अनुमान छ । अहिले १२ हजार आइसकेका छन् । यही तथ्याङ्कलाई आधार मान्ने हो भने दैलेखमा धेरैमा सङ्क्रमण देखिन सक्ने जोखिम बढेको छ । हामीले बारम्बार सरकारलाई यो कुरा जानकारी गराएका छौँ ।” अवस्था भयावह भएको सुन्नुभन्दा सरकारले अहिलेनै विशेषरूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

अहिले कुन वडामा कति जना सङ्क्रमित पुगेका हुन्, क–कसलाई भेटे भन्नेबारेमा वडाध्यक्षलगायतलाई सुरक्षा चुनौती थपिएको छ । पिसीआर परीक्षणमा भएको ढिलाइकै कारण विभिन्न वडा र घरसम्म कोरोना सङ्क्रमण पुगिसकेको छ ।

तत्काल रोकथामको उपाय अपनाउन नसके दैलेख कोरोनाको इपिसेन्टर बन्न सक्ने सम्भावना बढ्दै गएको बताइन्छ । सदरमुकामको नारायण नगरपालिकामा मात्रै १९५ मा सङ्क्रमण देखिएपछि सङ्कटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिले पहिला नै माग गरेका थिए । जिल्ला सुरक्षा समिति र जनप्रतिनिधिको विवादका कारण सदरमुकाममा कफ्र्यु घोषणा गरिएन, न त सङ्क्रमितको खोजी नै गरियो ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले सङ्क्रमितलाई कुनै पनि लक्षण नदेखिएको अवस्थामा घरमै सुरक्षित बस्न र फोनबाट स्वास्थ्यकर्मीले उनीहरूको अवस्था बुझ्ने काम भएको बताए । स्वास्थ्य मन्त्रालयले पनि त्यस्तै निर्देशिका जारी गरेर पठाएकाले यो विषयमा जिल्लामा छलफल भइरहेको उनको भनाइ थियो ।

जनताको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार कोही कसैलाई नभएकाले तत्काल स्वास्थ्य र सुरक्षाका विषयमा लाग्न महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुुर शाहीले बताए । क्वारेन्टिन बनाउने ठाउँ सकिइसके भन्दै उहाँले नागरिक धेरै हुँदा एकै ठाउँ सङ्क्रमित उत्पादन गर्ने केन्द्र बन्दै गएको बताए ।

Advertisement

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले प्रदेश सरकारको लापरवाहीका कारण दैलेख कोरोना सेन्टर बन्न पुगेको बताए । “स्थानीय सरकारले क्षमताले भ्याएसम्म गरेकै हो, तर हाम्रा भौतिक पूर्वाधारको अवस्थानुसार कतिपय स्थानमा कोचाकोच गरेर राख्नुपर्ने भयो । अहिले सङ्कट उत्पन्न भएको छ”, उनले भने । उनले महामारीको यो समयमा सबैले एकढिक्का भएर सङ्क्रमण फैलिन नदिने विषयमा गम्भीर हुनुपर्ने र केन्द्र तथा प्रदेश सरकारले तत्काल सोच्नुपर्ने सुझाव दिए । (रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top