नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

२६ जेष्ठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाएको बताइएको छ ।

यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.