×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमामा तारबार लगाउने विषयमा भूमि ब्यवस्था मन्त्रीको तर्क यस्तो छ

२६ जेष्ठ २०७७

२६ जेष्ठ, काठमाडौं ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुकुम्बासी आयोग मार्फत भूमि सम्बन्धी सबै समस्याको समाधान गरिने बताएकी छन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालय गत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्या सम्बोधन गर्नैमा सरकार प्रतिवद्ध रहेको बताइन् ।

सुकुम्बासी, अव्यवस्थित र स्ववासीलगायत भूमि सम्बन्ध सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन । सुकुम्बासीको समाधान र अव्यवस्थति बसोबासीको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत गर्ने गरि कार्य विधि निर्माण गरेर अघि बढेको पनि उनले उल्लेख गरिन ।

अव्यवस्थित बसोबासीको व्यवस्थापनपछि खोलाकिनारमा बसेकालाई अन्यत्र व्यवस्थापन गरेर खोलाका सिमाना कायम गरिने बताइन । उनले भू–उपयोग ऐन लागू भएको र सोको कार्यान्वयनको लागि भू–उपयोग नियमावली मन्त्रिपरिषद्मा पेश भएको बताइन ।

भूमिव्यवस्थाका सम्बन्धमा आफुले विभिन्न ७ वटा बुँदामा समस्या सम्बोधन गर्नुपर्ने गरि प्राथमिकता राखेको भन्दै उनले यसअघि नै उल्लेखित भएका कुराको फेयरिस्त नै राखिन । उनले नक्सा प्रकाशन सहित भूमी फिर्ताका सम्बन्धमा दुई देशबीचको वार्ता र कुटनीतिक पहलबाट समाधान हुनेमा सरकार प्रतिवद्ध र विश्वस्त रहेको बताइन ।

उनले सिमामा तारबार गर्ने लगायतका संरक्षणसंग जोडिएका विषय सुरक्षासंग जोडिएको मन्त्रालयको कार्यक्षेत्र भित्र रहेको बताइन । सगरमाथाको उचाई मापनको अन्तिम चरणमा पुगेको भन्दै उनले नेपाल र चीनले आआफ्नो तर्फबाट गर्ने कामहरु अघि बढेको स्पष्ट पारिन ।

Advertisement

सांसद लक्ष्मी परियार, रामबाबु कुमार यादव, प्रेम सुवालले मन्त्रीको जवाफमा थप स्पष्टिकरण माग गरेकाथिए ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top