×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

२७ जेष्ठ २०७७

२७ जेठ, काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पुणर् रुपमा असफल भएको निषकर्ष निकालेको हो ।

Advertisement
Advertisement

सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ । पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु,क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ ।

आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुणर् नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पुणर् रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निणर्य बैठकले गरेको जानकारी दिए ।

उनले भने- “नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्र्दभमा अहिलेको सरकार पुणर् रुपमा असफल भएको निष्कर्षमा पुगेको छ । सरकार असफल भएको छ भन्ने निणर्य आज हामीले गरेका छौ । यसका मुलकुराहरु समयमा स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक रुपमा भ्रष्टाचार भएको कुराहरु उठ्नु, अहिले लाखौ लाख मानिस क्वारेन्टाइनमा छन् तर क्वारैन्टाइन अन्त्यन्तै अव्यवस्थित छन् । क्वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ । प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन । आइसोलेसन सेन्टरहरु उचित ढंगले व्यवस्थापन गरिएका छैनन् । अस्पतालहरुको क्षमता बढाईएको छैन । र विदेशबाट आउने मानिसहरुलाई सुरक्षित ढंगले इज्जत पुर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन । राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन । राहतमा पनि राजनीति गरिएको छ । अहिले जनताले देशमा सरकार भएको अनुभुति गर्न सकेका छैनन् । अथवा सरकारले जनताको जीउ धनको सुरक्षा गर्नका निम्ति अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन । यो सरकार असफल भएको छ । सरकार यस्तो विषम परिस्थितमा जनतासंग जोडिन सकेको छैन । भने नेपाली कांग्रेसले यो विषयलाई गम्भीरता पुर्वक लिएरको छ । हामी जनतासंग जोडिएका छौ । हम्रा पार्टीका नेता कार्यकर्ता विदेशमा रहेका जनसम्पर्क समितिहरुले आ आफ्नो ठाउँमा क्रियाशिलता पुर्वक गर्नुपर्ने काम गरिरहेका छन् । तर सरकार अहिले कोभिड १९ को नियन्त्रणका निम्ति पुणर् रुपमा असफपल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निणर्य गरेको छ ।”

Advertisement

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top