ओखलढुङगाबाट भरुवा बन्दुकसहित १ जना पक्राउ

ओखलढुङगाबाट भरुवा बन्दुकसहित १ जना पक्राउ

२७ जेष्ठ, ओखलढुङगा ।
ओखलढुङगाको सुनकोशी गाउँपालिका ४ का २६ बर्षीय युवराज राई १ थान भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

राईले मानेभञ्याङ गाउँपालिका ८ मा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भए संगै मंगलवार दिउँसो प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले राईलाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ओखलढुङगा प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.