असार १ गतेदेखि सरकारी कार्यालय खाेल्ने सरकारकाे निर्णय

असार १ गतेदेखि सरकारी कार्यालय खाेल्ने सरकारकाे निर्णय

२९ जेठ, काठमाडौँ ।
असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने सरकारले निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

बैठकले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नियमित परीक्षा पनि नगर्ने निर्णय गरेको छ । यस वर्ष एसईईको नियमित परीक्षा नगरी आन्तरिक मूल्याङ्कन हुने भएको छ ।

सरकारले पसलहरु खोल्न दिने तथा काठमाडौं उपत्यकालगायतका कोरोना भाइरसको संक्रमण कम देखिएका क्षेत्रमा जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।

बुधबार राती सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ताले बिहीबार जानकारी दिने बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.