इराकको ग्रीन जोनमा दुई वटा क्षेप्यास्त्र प्रहार

२८ जेठ ७७, बिहीबार

२९ जेठ, बग्दाद।

Advertisement

इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रीन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् । उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रीन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ ।

Advertisement

बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् । अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो ।

अमेरिकी आक्रमण लगत्तै इराकी संसदले जनवरी ५ मा देशभित्र विदेशी सैन्यबललाई हटाउने एक प्रस्ताव पारित गरेको थियो । इस्लामिक स्टेट्सका लडाकू विरुद्धको संघर्षमा इराकी फौजलाई मद्दत गर्न अमेरिकाले पाँच हजारभन्दा बढी सैनिक पठाएको छ । अमेरिकी सैनिकहरुले हाल मुख्य रुपमा इराकी सेनालाई तालिम र परामर्श सेवा उपलब्ध गराइरहेका छन् ।रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top