२९ जेठ, कामठाडौं ।
सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै निजी सवारी साधनलाई जार बिजोर प्रणालीमा चलाउन दिने भएको छ । जस अनुसार मोटरसाइकल चलाउन दिएपनि मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।